भारतमा कोरोना संक्रमणबाट एकैदिन ३४ सयको मृत्यु

दोस्रो लहरको कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बनेको छिमेकी मुलुक भारतमा पछिल्ला दिनहरुमा संक्रमित र मृत्युदर बढ्दै गएको छ ।

दैनिक संक्रमण वृद्धिका आधारमा विश्वभरकै अतिप्रभावित मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ७० हजार ५९ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि भारतमा पहिलो पटक गत शनिबार कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल १ करोड ९९ लाख १९ हजार ७१५ जना सङ्क्रमित भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३४ सय २२ संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ ।

हालसम्म भारतमा मृतक संख्या २ लाख १८ हजार ९४५ पुगेको छ । अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या १ करोड ६२ लाख ८१ हजार ७३८ जना पुगेको छ । भारतमा ३४ लाख १९ हजार ३२ जना संक्रिय संक्रमित रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *