काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बहुमत गुमाइसकेका एमाले नेता शंकर पोखरेललाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्ति गरिएकोमा आपत्ति जनाएका छन् ।
आइतबार साँझ विज्ञप्ति जारी गरी अध्यक्ष यादवले लुम्बिनी प्रदेशमा असंवैधानिक कदम चालिएकोमा विरोध गर्दै प्रदेशसभाको बहुमतअनुरुप नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न आह्वान गरेका हुन् ।
कांग्रेस, माओवादी केन्द्र, जसपा, राजमोका ४२ सांसदहरुले आफूहरुको बहुमत रहेको दाबीसहित हस्ताक्षर बुझाए पनि प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरेपछि विपक्षी दलहरु आक्रोशित भएका छन् ।