USAID

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने जानकारी गराएका हुन् ।

मन्त्रिपरिषद्लाई जानकारी गराएपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएका एक मन्त्रीले जानकारी दिएका छन् । सर्वोच्च अदालतको आदेशपछि पार्टी विभाजन भएर बनेको माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरिए पनि माओवादीले समर्थन फिर्ता लिएको छैन । यस्तो अवस्थामा ओलीले आफूले विश्वासको मत लिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान एमालेको स्थायी समिति बैठकपछि पनि राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *