कोरोना संक्रमितको उपचारका लागि आवश्यक पूर्वाधारको प्रबन्ध गर्न सरकारलाई एमालेको ध्यानाकर्षण

काठमाडौँ । नेकपा एमालेले कोरोना संक्रमितहरुको उपचारका लागि आवश्यक पूर्वाधारका साथै अत्यावश्यक औषधिको तत्काल प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बालुवाटारमा बसेको स्थायी कमिटीको आकस्मिक बैठकले कोरोना संक्रमितहरुको आवश्यक उपचारका लागि प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गरी कोभिड बिमारीहरूको उपचारका लागि आवश्यक पूर्वाधार, शय्याहरू, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको तत्काल थप प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको जानकारी दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *