तरकारी बजारमा कोरोना सर्ने जोखिम बढ्यो

काठमाडौ । कोभिड–१९ को महामारीका कारण उपत्यकाका थोक तरकारी तथा फलफुल बजारहरु जोखिममा परेका छन् । खाद्यान्न तथा तरकारी पसलहरू दिनमा दुई पटक खोल्न दिइने भएपछि तरकारी तथा फलफूल बजारहरूमा बिहान र बेलुका एक्कासि भीड बढ्दा त्यहाँ कोरोना सर्ने जोखिम बढेको छ ।

खाद्यान्न तथा तरकारी पसल बिहान ६ः०० देखि १०ः०० बजेसम्म र साँझ ५ः०० देखि ७ः०० बजेसम्म खुला हुन्छन् । खुद्रा पसलका लागि तरकारी तथा फलफूल खरिद गर्न थोक बजार कालीमाटी, बल्खु, बानेश्वर, तीनकुने, बागबजार टुकुचालगायतका ठाउँमा जाने गरेका छन् त्यसले गर्दा बिहान त्यहाँ अत्यधिक भीड हुने गरेको छ ।

थोक बजार पनि अघि पछिभन्दा सीमित समयसम्म खुल्ने भएकाले उपभोक्ताको भीड अत्यधिक हुने गरेको छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरेले तरकारी बजारमा अत्यधिक भीडका कारण जोखिम बढेको बताए ।

सरकारले तोकेको मापदण्डअनुसार बजार सञ्चालन गरे पनि कतिपय व्यापारीले त्यो मापदण्ड पालन नगरेका कारण जोखिम झनै बढेको उनले बताएको समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *