काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अहिले श्रमजीवी वर्गका नेताहरुले सत्ता स्वार्थ प्रेरित क्रियाकलापवाट श्रमजीवी वर्गीय आन्दोलनलाई छियाछिया वनाइरहेको बताएका छन् ।
शनिबार मे दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै गौतमले यो क्रियाकलाप रोक्न नसके प्रतिगमन प्रतिस्थापित हुने बताएका हुन् । उनले यसले ऐतिहासिक उपलब्धि समाप्त हुने र नेपालीको उज्ज्वल भविष्य जोडिएको समृद्ध समाजवादमा पचासौं वर्षसम्म पर्दा लाग्ने बताए ।
सन्देशमा भनिएको छ, ‘आजको दिन कम्युनिस्ट आन्दोलनमा लागेका हामीसवै नेता–कार्यकर्ताहरुका लागि आफ्ना गल्ती कमजोरी प्रति आत्मालोचित हुँदै नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकतावद्ध गर्छौ भनेर प्रतिबद्धता व्यक्त गर्ने दिन हो । म वाट पनि यस विच केही कमजोरी र गल्ती भएका छन्। आफ्ना गल्ती र कमजोरी प्रति आत्मालोचित छु तिनलाई सच्याउन लागि परेको पनि छु । भविष्यमा सबै क्रमशः स्पष्ट हुँदै जानेछन्।