कोरोना संक्रमणबाट कैलालीमा थप दुई जनाको मृत्यु

धनगढी । कैलालीमा थप दुई कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । कैलालीको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गएराति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया कोरोना सङ्क्रमित महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । वैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको गएराति एक बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *