पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार सुरु

काठमाडौँ । पूर्वबडामहारानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो ।

नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाका अनुसार पूर्वरानीमा श्वासप्रश्वासको समस्या र अक्सिजनसमेत कमी भएपछि बुधबार साँझदेखि सघन उपचार कक्षमा सारिएको थियो ।

अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । पूर्वराजालाई हाल अक्सिजनको सामान्य प्रयोग गरिएको छ ।

पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजन दिनुपरेको छैन । उनीहरु तीनै जना गत शनिबार नर्भिक अस्पतालमा भर्ना भएका थिए । त्यसको केही दिनअघि उनीहरुको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *