अक्सिजन सिलिन्डरको माग दश गुणाले बढ्यो, ‘एयर लिफ्ट’ गरेर ल्याउन सुझाव

काठमाडौँ । कोरोना सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहँदा यतिबेला सङ्क्रमितका लागि अक्सिजनको प्रयोग भने असामान्य रूपमा बढेको छ ।

सामान्य दिनमा एउटा अस्पतालबाट दैनिक औसत डेढ दर्जन अक्सिजन सिलिन्डरको माग हुने गरेकोमा अहिले दुई सय वटासम्म सिलिन्डरको माग आउन थालेको अक्सिजन उत्पादकहरू बताउँछन् । यो माग सामान्य अवस्थामा भन्दा दश गुणाले बढी हो ।

यस्तो परिस्थितिमा नेपालमा उपलब्ध प्रायः सबै सिलिन्डर प्रयोगमा आइसकेकाले थप सिलिन्डर ल्याउन एयर लिफ्ट’ गर्नुपर्ने उत्पादकहरूको भनाइ छ ।

अक्सिजन उत्पादनमा नेपाल आत्मनिर्भर रहे पनि त्यसलाई भर्न आवश्यक सिलिन्डर भने अब अभाव हुन थालेको अक्सिजन ग्यास उत्पादक सङ्घका महासचिव नारायणदत्त तिमिल्सिनाले बताए ।

अक्सिजनभन्दा पनि सिलिन्डरको अभावले भविष्यमा मागअनुसारको आपूर्तिमा समस्या पर्ने भएकाले यसमा सरकारले सहजीकरण गरिदिनुपर्ने उनको भनाइ रहेको यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *