‘गुण्डा नाइके’ दीपक मनाङ्गेले लिए खेलकुद मन्त्रीकाे सपथ

काठमाडौँ । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त राजीव गुरुङ (दीपक मनाङ्गे)ले सपथ लिएका छन् । ‘गुण्डा नाइके’को नामले चर्चित उनी गण्डकी प्रदेशसभामा मनाङबाट जितेका स्वतन्त्र सांसद हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्ध दायर भएको अविश्वासको प्रस्ताव विफल गराउन मन्त्रिपरिषद विस्तार गर्दै बिहीबार मनाङ्गेलाई मन्त्री नियुक्त गरेका हुन् ।

युवा तथा खेलकुद मन्त्रालय थपिएसँगै गण्डकी प्रदेशमा मन्त्रीको संख्या ८ पुगेको छ । यसअघि मुख्यमन्त्रीसहित गण्डकीमा सात सदस्यीय मन्त्रिपरिषद थियो ।

मन्त्रीको शपथअघि उलले खेलकुदको क्षेत्रमा केही काम गर्नुपर्ने बताएका छन् । पत्रकारहरुसँग कुरा गर्दै उनले धेरै कुरा नगरेर ४/५ वटा काम गरे पुग्ने स्पष्ट पारे ।

मुख्यमन्त्रीले आफूलाई लागि दौरा सुरवाल सिलाउन भनेपछि उनले मन्त्री बन्न लागेको जानकरी पाएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *