काठमाडौँ । नेपाल सरकारले मधेस आन्दोलनसँग जोडिएका १२० जनाको मुद्दा फिर्ता लिएको छ । जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले सो निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले मधेस आन्दोलनकाक्रममा सरकारवादी भइ मुद्दा चलाइएको १५ वटा मुद्दामा संलग्न १२० जनाको मुद्दा फिर्ता लिएको बताए ।
विप्लव समूहको मुद्दाबारे प्रवक्त गुरुङले फिर्ता लिने क्रम जारी रहको जानकारी दिए । मुद्दा फिर्ता सम्बन्धी निर्देशिका, कानुन र संविधानको आधारमा यी मुद्दा फिर्ता लिने निर्णय भएको गुरुङले स्पष्ट पारे ।
