USAID

उपनिर्वाचनका लागि आयोगले माग्यो एक करोड ६१ लाख बजेट


काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभाको उपनिर्वाचनका लागि एक करोड ६१ लाख ३० हजार रुपैयाँ बजेट माग गरेको छ ।

आयोगले निर्वाचनका लागि अनुमानित बजेटका लागि अर्थ मन्त्राललाई पत्राचार गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । गृहमन्त्री रामबहादुर थापाले पार्टी त्याग गरेपछि रिक्त स्थानमा जेठ ६ गते निर्वाचन हुन लागेको हो ।

यसैबीच, आयोगले वाग्मती प्रदेशमा हुने निर्वाचनका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *