केन्द्रीय कार्यकारिणी बैठक बोलाउने विषयमा जसपाका शीर्ष नेताहरुबीच विवाद

काठमाडौँ । जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच केन्द्रीय कार्यकारिणी बैठक बोलाउने विषयमा विवाद भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको शीर्ष नेताहरुको अनौपचारिक छलफलमा केन्द्रीय कार्यकारिणी बैठक बोलाउने विषयमा विवाद भएको हो ।

छलफलमा अध्यक्ष महन्थ ठाकुर तथा बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई सहभागी थिए । छलफलमा भट्टराई र यादवले तत्काल कार्यकारिणी बैठक बोलाएर सरकार गठनबारे निर्णय गर्ने प्रस्ताव गरेका थिए ।

तर एक नेताका ठाकुर र महतो बैठक बोलाउने पक्षमा नदेखिएपछि नेताहरुबीच सहमति जुट्न नसकेको हो । नेपाली कांग्रेस र माओवादी केन्द्रले नयाँ गठबन्धनबारे जसपाको औपचारिक निर्णय मागेका थिए ।

जसपामा ठाकुर र महतो केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छन् भने भट्टराई र यादवपक्ष ओलीविरुद्धको गठबन्धनको पक्षमा छन् । तर, जसपाले औपचारिक निर्णय नगरे पनि कांग्रेस र माओवादीले भने अविश्वास प्रस्ताव अगाडि बढाउने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *