USAID

कोरोना बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गरी बन्दाबन्दी गर्न चिकित्सक संघको माग


काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना महामारीबाट बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गरी बन्दाबन्दी गर्न आग्रह गरेको छ ।

संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले सोमबार विज्ञप्ति जारी गरी कोरोना महामारीको दोस्रो लहरमा संक्रमितको संख्या र मृत्यु बढ्दै गएकाले उपचार सहज बनाउन बढी संक्रमित भेटिएका जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालसँग समन्वय गरी नियमित स्वास्थ्य परीक्षण र अति आवश्यक शल्यक्रियाबाहेकका सेवा बन्द गर्न र कोभिड–१९ उपचारमा अस्पताल प्रयोग गर्न आग्रह गरिएको छ ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *