कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप चार जनाको मृत्यु

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप चारको मृत्यु भएको छ । सोमबार कास्कीका दुई तथा स्याङ्जा तथा म्याग्दीका एक/एक जना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ निर्देशनालयका अनुसार पोखरा महानगरपालिका–२५ का ९१ वर्षीय पुरुषको सोमबार बिहान पौने ६ मृत्यु भएको छ ।

यस्तै पोखरा महानगरपालिका–१ की ५५ वर्षीय महिलाको सोमबार दिउँसो उपचारको क्रममा मृत्यु भएको छ । यसैगरी स्याङ्जाको वालिङ नगरपालिका–१२ का ५८ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरी म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ७८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१५ पुगेको निर्देशनालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *