अस्पतालहरुलाई एचडीयू वार्डहरुको प्रगति विवरण पठाउन मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाई डिपेन्डेन्सी युनिट (एचडीयू) सञ्चालन भएका वार्डहरुको प्रगति विवरण पठाउन अस्पतालहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले पत्राचार गरी सबै अस्पतालहरुलाई तीन दिनभित्र एचडीयूको प्रगति विवरण तस्बिरसहित पठाउन सूचना जारी गरेको हो । विवरण नपठाउने अस्पतालहरुमा मन्त्रालयबाट उपलब्ध गराइएको वा गराउने भनिएको रकम रोक्का गरिने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *