नेपाललाई ट्रान्जिट बनाउने गरी आएका विदेशी नागरिकको कोभिड परीक्षण नगर्न मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउने गरी आएका कुनै पनि विदेशी नागरिकको पीसीआर परीक्षण नगर्न सबै प्रयोगशालालाई निर्देशन दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आइतबार सूचना जारी गरी सबै प्रयोगशालालाई नेपाललाई ट्रान्जिट बनाउने गरी आएका कुनै पनि विदेशी नागरिकको कोभिड १९ परीक्षण नगर्न निर्देशन दिएका हुन् ।

यस किसिमल निरुत्साहित गदैै बन्देज गर्न नसक्दा संक्रमण फैलने जोखिम बढेर गइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको निर्देशन विपरीत गरेको पाइएमा कारबाही हुने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *