USAID

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवाले आज दिउँसो २ बजे आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन् ।

१४ औं महाधिवेशन तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसको सोमबार केन्द्रीय समिति बैठक बस्दैछ । आजको बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने बताइएको छ ।

त्यस्तै बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ । कांग्रेसमा क्रियाशील सदस्यता वितरण तथा नवीकरण पनि चल्दैछ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *