‘राममन्दिर, पशुपतिका गजूर, भ्यूटावर, धरहरा बनाउँदै गरौँला ! जनताको जीवन रक्षा पहिलाे प्राथमिकता हाे’

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अस्पतालमा अक्सिजन सिलिन्डर, भेन्टिलेटर लगायत आवश्यक सामाग्रीको युद्धस्तरमा जोहो गर्न अपिल गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्षसमेत रहेको डा भट्टराईले शनिवार राति एक ट्वीट गर्दै मुलुकको अहिलेको पहिलो प्राथमिकता कोरोनाको दोस्रो लहरबाट जनताको जीवन रक्षा भएको बताएका हुन् ।

उनले भारतीय सीमानामा आवश्यक व्यवस्थापन गर्न समेत सरकारसँग आग्रह गरेका छन् ।

‘अस्पतालमा अक्सिजन सिलिन्डर,भेन्टिलेटर लगायत आवस्यक सामाग्रीको युद्धस्तरमा जोहो गरौं । राममन्दिर, पशुपतिका गजूर, भ्यूटावर, धरहरा बनाउॅदै गरौंला!’ डा भट्टराईले लेखेका छन्, ‘कोभिड-१९को घातक दोश्रो लहरबाट जीवनरक्षा आजको पैलो राष्ट्रिय प्राथमिकता हो ! विश्वको हटस्पट बनेको भारतसंगको खुला सीमानामा आवस्यक व्यवस्थापन गरौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *