‘आज उनै बयलगाडे धरहरा चढेर परिवर्तनकामीलाई दुत्कार्दैछन्’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्र दिवस मनाउँदै गर्दा तत्कालीन माओवादी र सात दलबीच भएको १२ बुँदे सझदारी नभुल्न चेतावनी दिएका छन् ।

शनिबार ट्वीट गर्दै भट्टराईले १२ बुँदे समझदारी हुनुअघि आन्दोलन रत्नपार्क वरिपरी सीमित रहेको कुुरा भुल्न नहुने बताएका हुन् । उनले प्रधानमन्त्री केपी ओलीतर्फ इंगित गर्दै बयलगाडेहरु धरहरा चढेर परिवर्तनकामीहरुलाई दुत्कार्न नसुहाउने बताएका छन् ।

भट्टराईले लेखेका छन्, ‘लोकतन्त्र दिवस मनाउँदै गर्दा सबैले याद राखौं–तत्कालीन माओवादी र ७ दल बीच १२बुँदे समझदारी हुनुअघि आन्दोलन रत्नपार्क वरिपरि बदाम खाएर घाम ताप्दै थियो ! बयलगाडे महावाणीहरू ओकलिंदै थिए ! शक्तिकेन्द्रहरू २–खम्बे नीति फलाक्दै थिए ! अनि आज उनै बयलगाडे धरहरा चढेर परिवर्तनकामीहरूलाई दुत्कार्दैछन् !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *