USAID

जसपालाई पहिलो वर्षमै देशी विदेशी षड्यन्त्रको खतरा

  • 2.3K
    Shares

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो पार्टीलाई देशी तथा विदेशी षड्यन्त्रको खतरा रहेको औँल्याएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेको डा भट्टराईले समाजिक सञ्जाल ट्विटरमार्फत् हिमाल, पहाड, तराई–मधेश जोड्ने अग्रगामी वैकल्पिक शक्तिको रुपमा स्थापित जसपालाई सबैखाले अवसरवाद र देशी–विदेशी षडयन्त्रबाट बचाउँदै देशको नेतृत्वदायी स्थानमा पुर्याउन अपिल गरेका हुन् ।

जसपा स्थापना भएको एक वर्ष पुरा भएको उपलक्ष्यमा शुभकामना दिँदै उनले जसपाको मूल आदर्श समावेशी, लोकतन्त्र, संघीयता, सुशासन, समतामूलक समृद्धि र समुन्नत समाजवादलाई कहिल्यै नबिर्सन पार्टी पङ्क्तिलाई आग्रह गरेका छन् ।

‘जनता समाजवादी पार्टी स्थापनाको एक बर्ष पूरा भएको उपलक्ष्यमा सबै नेता-अभियन्ता,समर्थक र जनसमुदायमा हार्दिक वधाइ तथा शुभकामना!’, उनले टि्वटमा भनेका छन्,  ‘हिमाल/पहाड/तराई-मधेस जोड्ने अग्रगामी वैकल्पिक शक्तिको रूपमा स्थापित जसपालाई सबै भित्री-बाहिरी आँधीबेहरीबाट रक्षा गर्दै देशको नेतृत्वदायी स्थानमा पुर्याऔं!’

तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर २०७७ वैशाख १० गते जसपा नेपाल स्थापना भएको थियो ।

 

 


  • 2.3K
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *