ओलीलाई वामदेवको जवाफः अवैधानिक बैठकका निर्णय फिर्ता नलिने भए म तपाईंसँग आउन सक्दिन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सहयोग गर्न गरेको प्रस्ताव अस्वीकार गरेका छन् ।

बिहीबार बेलुका भएको डिनर मिटिङमा प्रधानमन्त्री ओलीले गौतमलाई उपाध्यक्षको हैसियतले पार्टीको काममा फर्किन गरेको प्रस्ताव अस्वीकार गरेको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत जनाकारी गराएका छन्।

सुवेदीले लेखेका छन्, ‘हिजो ९ गते क. केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाईले गर्नुभएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेँ। उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिएँ। डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भएँ।’

बिहीबार साँझ प्रधानमन्त्री ओली र गौमबीच बालुवाटारमा भेटवार्ता भएको थियो । भेटमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई र कानुनमन्त्री लीलानाथ श्रेष्ठ पनि सहभागी थिए। भेटपछि भट्टराईले गौतमले प्रधानमन्त्रीलाई सहयोग गर्ने उत्साहित हुँदै समाजिक संजालमा लेखेका थिए ।

यो पनि

बालुवाटारमा ओली र वामदेवको ‘डिनर मिटिङ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *