थप २३६५ जनामा कोरोना संक्रमण, पाँचको मृत्यु, २५२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २३६५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९२१५२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २५२ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २७६३४५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप पाँच जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३११७ पुगेको छ । क्वारेन्टाइनमा ८१ जना छन् भने आइसोलेसनमा १२६९० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *