रायमाझीपथको विरूद्धमा सशक्त संघर्ष गर्नुपर्छः नेतृ झाँक्री

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले रायमाझीपथका विरुद्ध सशक्त वैचारिक र सांस्कृतिक संघर्ष गर्नुपर्ने बताएकी छन् ।

बिहीबार नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवसमा अवसरमा सामाजिक संजालमार्फत शुभकामना व्यक्त गर्दै नेतृ झाँक्रीले विचारविहीन र अवसरवादका विरुद्ध सशक्त संघर्ष गर्नुपर्ने बताएकी हुन् ।

उनले भनेकी छन्, ‘कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने, असैद्धान्तिक, विचारविहीन, अराजनितीक, अवसरवाद र रायमाझीपथको विरूद्धमा सशक्त वैचारिक र सांस्कृतिक संघर्ष गरौँ। कम्युनिष्ट आन्दोलनको एकता र ध्रुवीकरणको पक्षमा दृढतासाथ लागौँ। नेपाल कम्यूनिष्ट पार्टीको ७२ औं स्थापना दिवशको अबसरमा सम्पूर्ण कमरेडहरू र नेपाली जनताहरूमा हार्दिक शुभकामना !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *