USAID

पार्टीमा थप क्षति हुन नदिन प्रयास भइरहेको छः प्रधानमन्त्री

  • 2K
    Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा थप क्षति हुन नदिन पहल गरिरहेको बताएका छन् । बिहीबार बल्खुमा एमालेको पार्टी कार्यालय भवन शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टीमा थप क्षति हुन नदिन सम्झाउने बुझाउने काम भइरहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले गुटसँग सम्झौता नगर्ने स्पष्ट पारे । उनले भने, ‘देशभर नयाँ पार्टी बनाउने अभियान चलाउनेलाई पनि सकभर सम्झाउने बुझाउने प्रयास भएको छ । व्यक्तिगत तवरमा कुरा हुन सक्छ, व्यक्तिगत जिम्मेवारी दिन सकिन्छ । मेरो गुट भनेर भागबण्डा गर्ने अब चल्दैन ।’

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर पार्टीकै सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिनु अराजकता भएको बताए । उनले पार्टीमा काम गर्न अवसर दिन लागिएको विषयलाई कमजोरी नठान्न पनि चेतावनी दिएका छन्। आफूलाई केही पहिले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको भन्दै उनले आपत्ति जनाएका थिए ।

उनले भने, ‘गल्ती महसुस गरेर अनुशासन भएर काम गर्ने हो भने पार्टीमा काम गर्ने अवसर दिन चाहिरहेका छौं। तर यसलाई कसैले कमजोरी नठानियोस्।’ उनले आफूहरूको पार्टी कब्जा गर्ने र आन्दोलन कमजोर बनाउँदै माटोमा मिलाउन खोज्नेहरू असफल भएको बताए ।

 


  • 2K
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *