सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा अध्यक्ष प्रचण्डलाई दिने माओवादीको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । माओवादीले सरकारलाई समर्थन नभएको बताउँदै आए पनि समर्थन फिर्ताको निर्णय भने लिएको छैन । नेता श्रेष्ठले सरकारलाई दिएको समर्थन कुनैपनि बेला फिर्ता हुनसक्ने बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *