थप १७३६ जनामा कोरोना संक्रमण, ११ को मृत्यु, २५१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा मंगलबार थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८७५६७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २५१ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७५८०६ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१०२ पुगेको छ । क्वारेन्टाइनमा ९२ जना छन् भने आइसोलेसनमा ८६५९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *