संसद अधिवेशन अन्त्य गरेर सरकारले कायरता प्रदर्शन गर्‍यो : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले हटाथमा संसद अधिवेशन अन्त्य गरेर संसदको मानमर्दन गरेको बताएका छन् ।

नेपाल प्रेस युनियन काठमाडौं शाखाले सोमबार काठमाडौंमा आयोजना गरेको नेपाल पत्रकार महासंघका पत्रकार महासंघका पदाधिकारी सम्मान कार्यक्रममा नेता सिंहले संसद अधिवेशन अन्त्य गरेर सरकारले कायरता प्रदर्शन गरेको बताएका हुन् ।

संसद फेस गर्न नसकेर पटक पटक संसदमाथि प्रहार गरेकोप्रति कडा आपत्ति जनाउँदै नेता सिंहले अलोकतान्त्रिक कदम उठाउने सरकारले फेरि पनि संसदीय व्यवस्थामाथि अर्को प्रहार गरेको बताए ।

नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयास समेत जारी राखेको र त्यसलाई सबै मिलेर प्रतिवाद गर्नुपर्ने बताए । फरक प्रसङ्गमा नेता सिंहले कोरोना नियन्त्रणमा सरकार उदसिन भएको आरोप लगाए ।

उनले भने, ‘ओली सरकारले राजनैतिक र नैतिकदृष्टिकोणबाट सरकारमा रहिरहने बैधानिकता गुमाई सकेको छ । यो सरकारले देश र जनताको पक्षमा काम गर्न सकेन । यो सरकारले विकास निमार्णका कार्य केही नगर्ने तर जनतामा विकास भएको भ्रम सिर्जना गरिरहेकोे छ । विकास भन्दा पनि सरकार भ्रमको खेती सिर्जना गर्न लागिपरेको छ ।’

सिंहले अब देशलाई निकास दिलाउन नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताए । उनले भने, ‘संविधान मिच्ने अनि सरकारमा बसिरहने यो सरकारसँग नैतिकता अलिकति पनि छैन । नैतिकता गुमाएका व्यक्तिलाई प्रधानमन्त्री मानिरहन सकिन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *