माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको आजका लागि बोलाइएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार स्थायी कमितिको बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने अपेक्षा गरिएको बैठक एक दिन पछि सारिएको हो । मंगलबार संसद् बैठक बस्ने कार्यसूची तय भइसकेको अवस्थामा सरकारले अचानक आजै चालु अधिवेशन अन्त्य गरेपछि माओवादी केन्द्रले बैठक राख्ने समय पनि सारेको छ ।

आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा नेपाली कांग्रेस जुटिरहेको सूचना पाएर प्रधानमन्त्री ओलीले आज बिहान मन्त्रिपरिषद् बैठक राखेर संसद् अधिवेशनै अन्त्य गराउने निर्णय गरेका बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *