USAID

पूर्वमन्त्री सुवालको ९३ वर्षको उमेरमा निधन


काठमाडौं । समाजसेवी एवं पूर्वस्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी आफ्नै निवास झोछेँमा निधन भएको छ । उनको ९३ वर्षको उमेरमा निधन भएको हो ।

प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उनी लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय भएका थिए । पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिएका उनी कुनै बेला काठमाडौँ नगरको मेयर पनि थिए ।

\उनले परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । दिवङ्गत सुवालको आज टेकू दोभानमा अत्येष्टि गरिने परिवारजनले जानकारी दिएको छ ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *