USAID

गगन थापासहित चार सांसदद्वारा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता


काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापासहित चार सांसदले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । विगत केही हप्तादेखि काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा वायु प्रदूषणले विकराल रूप लिएको अवस्थामा वायु प्रदूषण न्यूनीकरण गर्न तत्काल गर्नुपर्ने काम, दीर्घकालीन रूपमा गर्नुपर्ने तयारी र पहलकदमीका सन्दर्भमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।

थापासहित भीमसेन दास प्रदान, राजेन्द्र केसी र जीवनराम श्रेष्ठले जरुरी महत्वको प्रस्ताव दर्ता गराएका हुन् । थापाले मंगलबारको संसद् बैठकमा वायु प्रदूषणको विषय प्राथमिकतामा राखेर छलफल सुचारु हुने विश्वास पनि व्यक्त गरेका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *