USAID

कोभिड नियन्त्रणका लागि जनचेतना फैलाउने व्यवस्था मिलाउन सरकारलाई सीसीएमसीको सिफारिस


काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना महामारीबाट जोगिनका लागि स्थानीय तहमा प्रभावकारी ढंगले जनचेतना फैलाउने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ ।

शनिबार बसेको सीसीएमसीको बैठकले कोरोनाको नयाँ भेरियन्ट पहिलेको तुलनामा छिटो फैलिने भएकाले स्वास्थ्य सतर्कताका मापदण्डलाई कडाईका साथ पालना गर्ने र आवश्यक जनचेतना फैलाउने व्यवस्था मिलाउन सरकारलाई सिफारिस गरेको हो ।

कोरोना महामारी नियन्त्रणका लागि विगतमा सरकारले गरेको प्रयास र जारी भएका मापदण्ड तथा आदेशहरु कतिपय निस्कृय भईसकेका र नयाँ भेरियन्टको संक्रमण सर्ने जोखिम अत्याधिक भएकाले आवश्यकता अनुसार नयाँ मापदण्ड तयार गरि तत्काल कार्यान्वयनमा ल्याउन बैठकले सुझाव दिएको छ ।

तर निर्णय नभइसकेको भन्दै प्रधानमन्त्री कार्यालयका सचिव खगराज अधिकारले बैठकले गरेका सिफारिस बारे थप विषय बताउन चाहेनन् ।

विद्यालय खोल्ने वा बन्द गर्ने भन्ने सन्दर्भमा विगतमा जस्तो नभई संक्रमणको जोखिम र फैलावटको स्थिति हेरेर अत्याधिक जोखिमका क्षेत्र पहिचान गरि बैकल्पिक सिकाइको व्यवस्था मिलाउने बारे स्थानीयतहसँग परामर्श गरि निर्णय गर्न सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *