अविश्वास प्रस्ताव छल्न गण्डकी प्रदेशको चालु अधिवेशन अन्त्य

पोखरा । अविश्वास प्रस्ताव रोक्न गण्डकी प्रदेश सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको छ । अधिवेशन अन्त्य गर्न प्रदेश सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । बुधबार मध्यरातिदेखि प्रदेश सरकारको सिफारिस अनुसार गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको पत्र प्रदेश प्रमुख अमिक शेरचनले सभामुखलाई दिएका छन् ।

गण्डकीमा माओवादी र कांग्रेस मिलेर नयाँ सरकार बनाउने सहमति गरेका छन् । त्यसका लागि बिहीबार नै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुँदै थियो । तर अविश्वास प्रस्ताव रोक्न प्रदेश प्रमुख शेरचनले मध्यरातमै प्रदेशसभा अन्त्य गरेका छन् ।

नेपाली काँग्रेसको अगुवाइमा माओवादीसहितका दलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न लागिएको थियो । मुख्यमन्त्री गुरुङलाई सरकार जोगाउन तीन सांसदको आवश्यकता थियो । तर तीन सांसद भएको राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएर काँग्रेसलाई नै नयाँ सरकार बनाउन सघाउने नीति लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *