अविश्वास प्रस्ताव छल्न प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविश्वास प्रस्ताव छल्न प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारको निर्णय अनुसार मंगलबार मध्यरातिदेखि बैठक अन्त्य हुने सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

मुख्यमन्त्री पोख्रेलविरुद्ध माओवादी, कांग्रेस र जसपाले अविश्वासको प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका बेला प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *