महोत्तरी । मंगलबारदेखि बेपत्ता भएका महोत्तरी, भंगाहाका सात बालिका भारतमा भेटिएका छन् । उनीहरु विहारको सीतामढीमा भेटिएका हुन् । भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले सीतामढीमा उनीहरु फेला परेका भनी भारतीय प्रहरीले नेपाल प्रहरीलाई खबर गरेको जानकारी दिए ।
मंगलबार दिउँसो २ बजे घाँस काट्न भनी गएका उनीहरू घर नफर्केपछि खोजी सुरु गरिएको थियो । बेपत्ता हुनेमा भंगाहा नगरपालिका–८ धर्मपुरका १८ वर्षका अस्मिता पासवान र नागिना पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षका अर्चना पासवान र रिया पासवान, १० वर्षका रञ्जना पासवान र सीमा पासवान छन् ।
