जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका–८ स्थित धर्मपुर टोलका सात जना बेपत्ता भएका छन् । मंगलबार दिउँसो करिब २ बजे घाँस काट्न निस्केका उनीहरू राति १० बजेसम्म समेत नफर्किएका परिवारले जनाएका छन् ।
बेपत्ता हुनेमा १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रञ्जना पासवान, सीमा पासवान र रचना पासवान रहेका छन् । उनीहरू सबै एउटै टोलका हुन् ।
सधैं घाँस काट्न जाने उनीहरु नफर्केपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए । उनीहरू बेपत्ता भएको खबरले गाउँमा त्रास फैलिएको छ । टोलवासीसहित आफूहरू खोजीमा जुटेको महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले जानकारी दिएका छन् ।
