८० हजार घुस लिएको अभियोगमा रेञ्जरविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८० हजार रुपैयाँ घुस लिएको सव डिभिजन कार्यालय, कैलालीका रेञ्जर रामऔतार चौधरी र वन उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद रानाविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार ट्याक्टरका चालकसहित काठ बरामद गरेको सन्दर्भमा सो मुद्दा मिलाइदिन्छु भनी घुस लिएको पाइएको छ । आयोगको कार्यालय कञ्चनपुरबाट गएको टोलीले रेञ्जर चौधरी र सीताराम सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष रानालाई घुस रकमसहित केही दिन पहिले पक्राउ गरिएको थियो ।

आयोगले बिगोअनुसार कारवाहीको माग गर्दै उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *