चार लाख घुस लिएको अभियोगमा इञ्जिनीयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख घुस लिएको अभियोगमा जलस्रोत तथा सिँचाइ विभाग डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजनल इञ्जिनीयर प्रकाश अधिकारीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विभिन्न निर्माण व्यवसायी एवं उपभोक्ता समितिसँग घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ । सिनियर डिभिजनल इञ्जिनीयर अधिकारी र सब–इञ्जिनीयर जीतबहादुर तामाङविरुद्ध समान बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *