USAID

संसदीय दलको बैठक बोलाउने प्रक्रियालगायत विषयमा असहमति जनाउँदै नेपाल पक्षका ३८ सांसदले बुझाए ओलीलाई पत्र

  • 695
    Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ३८ जना सांसदले संसदीय दलको बैठक बोलाउने प्रक्रिया, बैठकको स्थान लगायत विषयमा असहमति जनाउँदै पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीलाई विरोधपत्र बुझाएका छन् ।

बालुवाटारमा संसदीय दलको बैठक चलिरहेको समयमा सिंहदरबारमा भेला भएर नेपाल पक्षका ३८ जनाले बालुवाटार बाहिर संसदीय दलको बैठक राख्न माग गरेका हुन् । सांसदहरु सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवार गएर प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएका छन् । पत्र बुझेपछि प्रधानमन्त्री ओलीले समूहगत नभई एक्लै भेटेर कुरा गर्ने जवाफ दिएका सांसद पाण्डेले जानकारी दिए ।

माधव नेपाल समूहले यसअघि गठन गरिएको संसदीय बोर्डप्रति पनि असहमति जनाएको छ । उनीहरूले संसदीय दलको बैठकमा आफूहरू सहभागी हुने तर त्यसका लागि उपयुक्त वातावरण बनाउनुपर्ने माग राखेका छन् ।


  • 695
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *