USAID

आज नेपाली खेलाडी सम्मीलित मासा युनाइटेड र हाइयर एजुकेसन भिड्दै


प्रज्जवल थापा । पाकिस्तान नेसनल वुमेन्स फूटबल च्याम्पियनसिपमा आज नेपाली खेलाडी सम्मीलित मासा युनाइटेड र हाइयर एजुकेसन कमिसन भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे शुरु हुनेछ ।

नेपाली राष्ट्रिय महिला टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा रहेको मासा युनाइटेड आजको खेलमापनि जित निकाल्ने लक्ष्य साथ मैदान उत्रिनेछ । समुह ‘बी’ मा रहेको मासा युनाइटेडले लिगको पहिलो खेलमा सिअलकोट सिटी महिला फूटबल क्लबलाई १९-० गोल अन्तरले पराजित गरेको थियो । उक्त खेलमा नेपाली खेलाडी शरु लिम्बुले १० गोल गर्दा अनिता केसीले डबल ह्याट्रिक पुरा गरेकी थिइन् । यस्तै डिफेन्डर गिता रानालेपनि पेनाल्टीमा एक गोल थपेकी थिइन् ।

समूह ‘बी’ मै रहेको कराँची एफसीका खेलाडीमा गत आइतबार कोरोना संक्रमण पुष्टि भएपछि उक्त समुहको खेल अनिश्चितकाल समयको लागि स्थगित भएको थियो । त्यसपछि मासा बाहेक समुहको बाँकी टोलीका खेलाडीहरुमा गरिएको कोरोना परिक्षणको नतिजा नेगेटिभ आएपछि समुहको खेल आजबाट पुन सञ्चालन हुन लागेको हो ।

तस्बिर:- अनिता केसी


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *