एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै, नेपाल पक्ष सहभागी नहुने

काठमाडौं । नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे दश बजे संसदीय दल र मध्याह्न १२ बजे केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

संसदीय दलको बैठकबाट विधान संशोधनको तयारी गरिएको छ । त्यसका लागि यसअघिको बैठकमा संसदीय बोर्ड गठन गरिएको छ । संसदीय दलको विधान संशोधन केन्द्रीय कमिटीबाट पनि अनुमोदन गर्ने ओलीले तयारी गरेका छन् ।

यसअघिको बैठकमा पनि माधव नेपाल पक्ष बैठकमा सहभागी भएको थिएन भने आजको बैठकमा पनि सहभागी नहुने बताएको छ । नेपाल समूहले पार्टीका बैठक पार्टी कार्यालयमा बोलाउनु पर्ने र फागुन २८ निर्णय फिर्ता लिनुपर्ने अडान राखेको छ । नेपाल पक्षले पार्टी अध्यक्ष ओलीले निजी निवासमा बैठक राखेर पार्टीलाई निजी बनाउन खोजेको बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *