USAID

युवा संघको राष्ट्रिय कार्यकर्ता भेला शनिबार, माधव नेपालले उद्घाटन गर्ने

  • 1.4K
    Shares

काठमाडौं । नेकपा एमालेको निकट युवा संघ नेपालले शनिबार राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ । युवा संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शनिबार राष्ट्रिय सभागृहमा हुने राष्ट्रिय भेलालाई पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गर्ने जानकारी दिएको हो ।

कार्यक्रममा राष्ट्रिय कार्यकर्ता भेला आयोजक कमिटीका संयोजक नरेश शाहीले चैत्र ७ गते आयोजना गर्ने ‘राष्ट्रिय भेला’ को सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । उनले भने, ‘देशमा विकसित भएको राजनितिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको छ ।’

शाहीले सर्वोच्च अदालतको २३ फागुनको निर्णयले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकतालाई खारेज गरेपछि पार्टी र पार्टीका भातृ संगठनका कमिटीहरुमा त्यसको प्रभाव परेको बताए ।

अदालतको निर्णयले पाटी र भातृसंगठनलाई ३ जेठ २०७५ भन्दा अगाडी पुर्याएको उनको ठहर थियो । उनले पछिल्लो परिवर्तित अवस्थामा युवा संघलाई पुनर्गठन र सृदृढिकरण गर्नुपर्ने आवश्यकतालाई बोध गर्दै युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्न लागेको बताए ।

भोलि हुने भेलामा केन्द्रिय कमिटी सदस्य, निकायका सदस्य, विभागका सदस्य, जिल्ला तथा महिला विभागका प्रमुख लगायतको पदाधिकारीहरुको सहभागिता हुने संघले जनाएको छ ।

 


  • 1.4K
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *