USAID

सत्ता समीकरणका लागि जसपाले सही समयमा सही निर्णय लिन्छः सांसद यादव

  • 40
    Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले रेशम चौधरीको रिहाइलाई सरकारको लेनदेनको विषय बनाउनु नहुने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले संविधान संशोधन र रेशम चौधरी रिहाइको कुरा गर्दा सरकारमा आउने प्रस्ताव गरिएको भन्दै रेशम चौधरीको विषयलाई सरकारको लेनदेनको विषय बनाउन नहुने बताए । चौधरीलाई लेनदेनको विषय बनाइए राजनीतिक बेइमानी हुने उनको भनाइ छ ।

थारुहट आन्दोलनका सबै आन्दोलनकारीलाई राजबन्दीसरहको व्यवहार हुनुपर्ने र राजनीतिक समस्याको रुपमा लिएर समस्या समाधान गरिनुपर्ने उनले बताए ।

उनले भने, ‘हामी संविधान संशोधनका कुरा गर्दा तपाईहरु सरकारमा आइदिनु पर्यो । हामी रेशम चौधरीको कुरा गर्दा सरकारको लेनदेनको विषय बनाउँछन् । मलाई लाग्छ, रेशम चौधरी सरकारको लेनदेनको विषय हुनुहुँदैन । त्यो शर्तको रुपमा बुझ्नु हुँदैन । नत्र त्यो राजनीतिक बेइमानी हुन्छ । त्यो राष्ट्रिय समस्या हो । राजबन्दी हो । त्यसलाई त्यही राजबन्दी सरह व्यवहार गरेर जसरी सिके राउतसँग व्यवहार भयो । जसरी नेत्रविक्रम चन्द सँग व्यवहार भयो त्यसैगरी थारुहट आन्दोलनमा भएका सम्पूर्ण आन्दोलनकारीहरुसँग राजवन्दीसरह व्यवहार गरेर राजनीतिक समस्या जसरी समाधान हुन्छ त्यसरी गरेर समाधान गर्नुपर्छ । न कि त्यसलाई सरकारमा आउने जाने, सरकारको लेनदेनको विषय ।’

सांसद यादवले जसपा फुटको हल्ला मिडियामा आएको भन्दै कुनै लोभ लालचमा नफस्ने र पार्टीलाई नफुटाउने बताए । जसपाले सही समयमा सही निर्णय लिने उनको भनाई छ ।

 


  • 40
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *