थप १२५ जनामा कोरोना संक्रमण, एकको मृत्यु, १२३ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २५ मा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७५७५० पुगेको छ ।

त्यस्तै शुक्रबार थप १२३ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोराना संक्रमणमुक्त हुनेको संख्या २७१७३३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या ३०१६ पुगेको छ । क्वारेन्टाइनमा ५१ जना छन् भने आइसोलेसनमा एक हजार एक जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *