USAID

प्रधानमन्त्री ओलीका कारण राजनीति बदनाम भयोः पम्फा भुसाल

  • 3.2K
    Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राजनीति बदनाम भएको बताएकी छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसद भुसालले प्रधानमन्त्री ओलीले नैतिकता नदेखाउँदा जनतासामु राजनीति बदनाम भएको बताएकी हुन् । संसद पुनःस्थापना गर्ने फागुन ११ को सर्वोच्चको फैसला पछि नैतिकताका आधारमा प्रधानमन्त्री आत्मालोचित हुनुपर्नेमा जिताहा शासक जस्तो गरेर हिंडेको भन्दै भुसालले कस्तो जनताले कस्तो सोचेका होलान् भन्दै प्रश्न गरिन् ।

उनले भनिन्, ‘राजनीतिमा नैतिकता हुन्छ, मूल्य मान्यता हुन्छ । एउटा शब्द चिप्लिँदा एकजना मन्त्रीले राजीनामा दिए । सेक्युरिटी प्रेस खरिदबारेको टेप सार्वजनिक हुँदा अर्का मन्त्रीले राजीनामा दिए । फागुन ११ को फैसलापछि प्रधानमन्त्रीले राजीनामा दिन्छन् भन्न सोचेको थिए जनताले । तर राजनीतिज्ञले कस्तो चरित्र देखाउँछन् भन्ने देखियो नि । जिम्मेवारी नलिने आत्मसमीक्षा  नगर्नेले गर्दा राजनीति बदनाम भएको छ । जिताहा शासक जस्तो गरेर हिंड्दा कस्तो सोचेका होलान् जनताले ?’

उनले प्रधानमन्त्रीले देशलाई प्रतिगमनतर्फ लैजान खोजेपनि सर्वोच्चले त्यसमा ब्रेक लगाइदिएको बताइन् ।


  • 3.2K
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *