USAID

महान्यायाधिवक्ता खरेलद्वारा पदबाट राजीनामा

  • 962
    Shares

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी खरेलले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

प्रतिनिधिसभा विघटनको मुद्दामा सरकारको प्रतिरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली खरेलसँग असन्तुष्ट रहेको खबर सार्वजनिक भएको थियो । तर पत्रकार सम्मेलनमा खरेलले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध सुमधुर रहेको बताए ।

खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ फागुन ८ गते महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् । उनले आफ्नो कार्यकालमा कानुन निर्माणमा ठूलो काम गरेको बताए । उनी २६ औं महान्यायाधिवक्ता हुन् ।


  • 962
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *