USAID

ओलीविरुद्ध एक हप्ताभित्र अविश्वास प्रस्ताव दर्ता हुन्छः महामन्त्री कोइराला


विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हप्ता दश दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले ओली सरकार अवैधानिक भएकाले त्यसको विकल्प अनिवार्य भएको बताएका हुन् । उनले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर अविश्वास प्रस्तावमार्फत प्रधानमन्त्रीको विकल्प दिने बताए ।

अबको हप्ता दश दिनमै ओली सरकारको विकल्पका लागि संसदमा अविश्वास प्रस्ताव दर्ता हुने भन्दै महामन्त्री कोइरालाले ओलीको विकल्पमा आउने सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताए । उनले अवैधानिक सरकार लामो समय टिक्नु पनि देशका लागि घातक हुने बताए ।
उनले भने, ‘जुन संसद ओलीले विघटन गरेर समाप्त पार्ने प्रयास गरे, त्यही संसद् पुनःस्थापित भएपछि पनि उनी बसिरहनु अनैतिक र अवैधानिक हो ।’


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *