USAID

ओली पक्षको संसदीय दलको बैठकद्वारा २७ सदस्यीय संसदीय बोर्ड गठन


काठमाडौं । नेकपा एमालेको केपी ओली पक्षको संसदीय दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहितको २७ सदस्यीय बोर्ड गठन गरेको हो ।

त्यस्तै बोर्डको अन्य सदस्यमा सुमन प्याकुरेल, खिमलाल भट्टराई, पौडेल, तामाङ, डा बिन्दा पाण्डे, राधाकुमारी ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, रेखा झा, नारदमुनि राना, मोहन बानियाँ, विमला विक, भूपेन्द्र थापा, राजेन्द्र राई, खेम लोहनी र सरिता न्यौपाने छन् ।

बोर्डमा २४ जनाको आजै मनोनयन गरिएको छ भने तीन जना पछि थप गरिने सांसद शेरबहादुर तामाङले जानकारी दिए । बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाउन कार्यदल गठन गरेको छ ।

कार्यदलमा प्रमुख सचेतक विशाल भट्टराई, सांसद शेरबहादुर तामाङ र राष्ट्रिय सभा सदस्य बिमला राई पौडेल रहेका छन् । त्यस्तै बैठकले गुटगत भेलामा जाने सांसदलाई सचेत गराउने र अटेर गरेमा कारबाही गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसद भने सहभागी भएका छैनन् । फागुन २८ को निर्णय फिर्ता नलिएसम्म आफूहरु कुनै पनि बैठकमा सहभागी नहुने नेपाल पक्षले यसअघि नै बताइसकेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *