USAID

नेपाल-भारतबीच यातायात सञ्‍चालनका लागि मन्त्रिपरिषदलाई सिफारिस


काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सिसीएमसी)ले नेपाल र भारत बीच यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सिसीएमसीको बैठकले नेपाल र भारतबीच यातायात सञ्चालनका लागि स्वीकृति दिन मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपाल भारत यातायताका १३ वटा रुटबाट पूर्ववत् रुपमा यातायता सञ्चालनका लागि मन्त्रिपरिषद्लाई सिफारिस गरिएको सिसीएमसीका सचिव खगराज बरालले जानकारी दिए ।

यसरी यातायात संचालन गर्न यात्रुले पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने तथा ७२ घण्टा अगाडीको पिसिआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने उनले बताए ।

त्यस्तै बैठकले नेपाल भारत सिमानामा नेपालतर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिन सिफारिस गरेको छ । गतवर्षको चैत्र ११ गतेदेखि कोरोना संक्रमणका कारण लकडाउन गरिएपछि नेपाल र भारतबीच यातायात बन्द छ ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *