नेकपा एमालेको ओली पक्षको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केपी ओली पक्षको संसदीय दलको बैठक आज बस्दै छ । पार्टीभित्र विवाद बढिरहेका बेला प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।

बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । बैठकमा सूर्य चिन्हबाट चुनाव लडेका सबैलाई बोलाइएको छ । तर माधव नेपाल आफूहरुको राष्ट्रिय कार्यकर्ता भेला भेला जारी रहेकाले बैठकमा नआउने जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *